Kalpana Kalpana
gajl
तिमी कहाँको मान्छे अनि म कहाँको मान्छे सायद संयोग नै हुनुपर्छ कस्तो मोडमा हाम्रो भेट भयो है आज यो एप मार्फत मैले आफ्ना मनमा लुकेर रहेका कुराहरू बाहिर खोल्न पाए, आज म धेरै नै खुसी छु कि तिमी जस्तो साथीको साथ पाए भन्छन नि जिन्दगी त नदिको पानी जस्तै हो, जबसम्म गन्तव्य भेटिदैन सधै नरोकिएर बगिरहन्छ यो बिचमा कयौ सँगको मिठो मिलन हुन्छ भने कयौसँग नचाहेर पनि छुट्टिनुपर्ने हुन्छ, समयले जिन्दगीका हरेक पलहरू बदलिरहेको हुन्छ थाहा थिएन, मेरो जिन्दगीमा कोही मान्छे यत्ती धेरै अनमोल बन्छ भनेर सायद माया भन्ने शब्द जसले शिर्जना गरेको थियो नि धेरै मेहेनतले सुन्दर बनाएको थियो होला त्यसैले त मायाले एउटा यो संसार छोडेर जान लागेको मान्छेलाई पनि रूवाउँछ, सायद आफन्तको मायाले नै त होला नि है बिचित्रको छ यो दुनिँया, जुन मान्छे जिन्दगीमा जति अनमोल बन्छ त्यती नै टाढा पनि हुन्छ तर बिताएका ति पलहरू सधै सम्झना बनेर झल्किरहन्छन सायद म आफुलार्इ भाग्यमानी भनु कि जसकारण तिमीसँग मिठो माया गास्न पाए जिन्दगीका केही पलहरू मात्र भएपनि तिमीसँग बिताएका पलहरू अनमोल बनेर रहे । सायद
मिलन बिछोड, सुख दुख, यहि नै प्रेम र जिन्दगी रहेछ होला जिवनसाथी नभएपनि एउटा असल साथी त बन्न पाए, त्यसैमा पनि धेरै खुसी छु जसलाई जति चाह्यो एकदिन त्यो त्यती नै टाढा हुदो रहेछ तर पनि तिमी जहाँ जस्तोसुकै भएपनि हाँसी, खुसी रहनु ति अनमोल पलहरू यो मुटूमा सधै नै गाढा बनेर रहनेछन