Luman Ghimire
यात्रा इतिहास को
यात्राको थकान ले थकित हुदा
फिरफिरेकाे चाैतारिकाे मिठाे सितलसंगै
सुन्दरताकाे खानि तिम्रो आगमन
आहा कस्ताेमिठाे सम्याेग....
यात्रानै यात्रामा पुरै जीवन बिताईदिउ जस्तो ।
दाेबिधा त त्यहा पैदाभयाे तिमी हिड्छाै कि बस्छाै?
म पनि के कम तिमी हिडे हिड्ने तिमी बसे बस्ने
ओहाे तिम्रा बाेलि...... कतिमिठा
आहा तिम्रा आवाज... कस्तो मृदुल
हाम्रो कुरा.... कत्ति मिलेका
त्याे उकालेाकाे यात्रा कस्ताे सहज?
थकान? खै कता गायब?
तर बियाेग भयर आईपुग्याे दाेबाटाे
कति सजिलाे तिमिलाई
तिम्राे बाटाे तेर्साे लाग्याे
मेराे बाटाे अझै कठाेर उकालाे
एकैछिनमा सजिलाे साथ तिमी तेर्साे लाग्याै
कस्ताे रहर पलायाे मलाई तिम्रै बाटाे पछ्याउजस्ताे
तिमिसंगै सजिलाे तेर्साेबाटाे हिंडु जस्ताे ।
तर मेराे गन्तव्य शिखर काे चुचुराेमा थियाे
तिमिजस्ताे सजिलाे तेर्साेबाटाे हिडेर गन्तब्यमा पुग्ने भाग्य मेराथिएन् ।
थकान जतिसुकै हाेस
गार्हाे जतिसुकै हाेस
अप्ठ्यारो जतिसुकै हाेस
तर मैले हिड्नैपर्छ गन्तव्य त्यहिहाे
मैले कठाेर उकालाे चड्नैपर्छ मेराे बाटाे त्यहि हाे ।
तर
सधै सधै तिम्रो याद आउँछ त कसरी भनाै
नैतिकताकाे प्रस्न उठ्ला
तर त्याे चाैतारि र तेर्साे बाटाेलाई खुब मिस गरिरहेकाे छु ।
सायद सम्झना भैरहने छ यात्रा ईतिहास भरि ।