Neemaraaz Tamang
लाहुरेको छोरी
लाहुरेको छोरी, क्या राम्री मोरी बलेकी धपक्कै
त्यो मीठो बोली, गुन्युँ र चोली लाएकी छपक्कै
हाक्पारे भाका, पारी पाखाँ घन्कियो घनन
भुलेर पिर, निहुराउदै शिर नाचेकी मसक्कै
मनको सेरोफेरो,कान्छी र मेरो मिले त चाहाना
भएर जिउदो, भर्दिन्थे सिउदो शिरैमा लपक्कै
नबसौ यादमा, टासिएर साथमा जोडौन घरबार
जोडेको सम्पत्ति,मिलेर दम्पती खाउलानी सपक्कै
निमाराज तामाङ
भोजपुर नगरपालिका - २
हाल धनकुटा