धन कुमार तामाङ

अभागी मनको पीडा


अभागी म तिम्रो दिलमा अटाउन सकिनँ !
तर तिमीलाई यो दिलबाट हटाउन सकिनँ !!
गल्ती मेरो नै थियो सपना दिउँसो नै देखेछु !!!
चाहेर नि सँगै जीवन कटाउन सकिनँ !!!!
कति सजिलै भन्यौ तिमीले मलाई बिर्सिदेऊ भनेर !
तिम्रो जस्तै निस्ठुरी मन बनाउन सकिनँ !!
पागल नभन्नु मलाई यो गजल लेख्यो भनेर !!!
मनको पीडा मन भित्र दबाउन सकिनँ !!!!

#बिछोड