Narayan Pandey

गुनासो


भर्खर भर्खर रोपी मायाँ गोडेपछि बोल्न छाड्यौ ।

एक्लो बनाइ अनायासै छोडेपछि बोल्न छाड्यौ ।।
फेसबुकमा भेटेपछि च्याटिङ्गमा व्यस्त अहो ,
अर्कैसँग अटुट नाता जोडेपछि बोल्न छाड्यौ ।
सानो छँदा दुवैजना सङ्गै स्कूल गएपनि ,
कलेज पढि जीवन अन्तै मोडेपछि बोल्न छाड्यौ ।
फेरिएछ रुपरङ्ग अनि तिम्रा चाहना पनि ,
मेरो भिन्दै सम्बन्धलाई तोडेपछि बोल्न छाड्यौ ।
भर्खर भर्खर रोपी मायाँ गोडेपछि बोल्न छाड्यौ ।

एक्लो बनाइ अनायासै छोडेपछि बोल्न छाड्यौ ।।

#धोका