Bhim Thapa Mgr Dass

हास्नै नसकिने पीडा सहेर


हास्नै नसकिने पीडा सहेर पिरमा छ जिन्दगी ।
न तल झर्नु न माथि यहा भिरमा छ जिन्दगी ।।

अनवरत वगिराछ नदिसरी यो जीवनयात्रा ।
वारि पारी भेट नहुने गडतिरमा छ जिन्दगी ।।

जता ततै काडै काडा टेक्ने समेत ठाउँ छैन ।
हृदय समेत छिया भई तिरमा छ जिन्दगी ।।

असफल्तालाई के दोष निरास भै आफू ।
भन्छन सबै जीवनचक्र तक्दिरमा छ जिन्दगी ।।

कति सम्झौ वितेका मिलन विछोडका कथाहरू ।
स्मरणहरू त सवै एक तस्विरमा छ जिन्दगी ।।

#उदास