Kumar Shrestha
मन
म होशैमा थिए तर उनिमा म मरे कसरी
पत्थर दिल भन्थे दुनियाँले तर आँसु झरे कसरी
दुनियाँ हसाउन आफू पनि हास्नै पर्छ भन्ने छैन प्रिय
तर चार्ली चाप्लिन नै फेला परे कसरी
मुखमा भन्दा ठुलो प्वाल त पिधमा नै थियो
तर अचम्म रित्तो गाग्री भरे कसरी
जुन आगोले पोलेको थियो उसैमा सेक्न आए
सागर माझमा प्रेम को दोषले जले कसरी
हरपल तिम्रै सम्झना चोखो माया अजम्बरी
मनको साइनो प्रेमको खोली तरे कसरी
म होशैमा थिए तर उनिमा मरे कसरी
पत्थर दिल भन्थे दुनियाले तर आँसु झरे कसरी
शब्द रचना:कुमार श्रेष्ठ