Rajan Babu Khadka
भोलि भेट होला नहोला
थाहा छैन भोलि भेट होला नहोला
म मरे कसैको मन रोला नरोला
रुन त को रोला मेरो छनै को यहाँ
म मरे कसैको मन छोला नछोला
मैले के गरेको छु र दिल छुनलाइ
तै पनि कसैको आखामा आँसु चोला नचोला
मेरो मिर्त तस्बिर मा माला देखिँदा
कसैको आशुले शरीर धोला नहोला
घाट्मा चितामा राखी जलाउदा खेरी
यो पापी लास आगोले पोल्ला नपोल्ला
राजन बाबू खड्का
दैलेख
हाल बिरानो सहर