Siddartha Nepali
गजल
हार खादा प्रयासनै नगरेको भन्छन्
जीत खोज्दै तिमी अघि नसरेको भन्छन्
कसलाई पो हुदैन र जान्ने बुझने मन
मकै नफलेमा बिउ नछरेको भन्छन्
समस्यले ग्रसित भै आशु झार्दा पनि
आत्मविश्वासमा भर नपरेको भन्छन्
ज्यानै जाला जस्तो ठूलो बाढी देख्दा पनि
गिज्याउदै खोला किन नतरेको भन्छन्
- अर्जुन दुलाल
कक्षा -एघार (११)
श्री कन्काई उ मा वि
माई नगरपालिका ईलाम