Lalit Khadka

खाते जीवन


भुइको धुलो सरि कुल्चिएं टेकिएं र पनि सहे ।
जन्मदै फोहोरी नालिमा फेकिएं र पनि सहे ।
जुठो खादै,गल्लि गल्लि चार्दै हुर्के बढे पछि
बिडम्बना खातेको रुपमा देखिएं र पनि सहे ।
रहर थिएन कसैको दासी भएर बाच्ने मनमा
जन्मजातै अनाथ भएर लेखिएं र पनि सहे ।
मान्छे हुँ मान्छेको दर्जामा बाच्ने आस त छदै छ
जताततै अध्यारो पर्खालले छेकिएं र पनि सहे ।
निर्जीव सरह प्रयोग गरे पशु सरह मोलतोल
शोषण दमनको अगेनामा सेकिएं र पनि सहे ।
9806295691

#अन्य