Krishna Dhungana
तिम्रो काठमाडौं
घर छैन बारि छैन तिम्रो काठमाडौ मा,
गुन्यु चोलो सारी छैन तिम्रो काठमाडौ मा,
सम्झिएर बस्दा पनि यसै भारी हुन्छ मन,
मन बिसाउने चौपारी छैन तिम्रो काठमाडौ मा
जताततै लासै लास मूर्दा रोइरहेछ,
बोकि लान बाँस घारी छैन तिम्रो काठमाडौ मा