जि.एम. दिपु देपेन्द्र
गयौ छोडेर फुललाई
[ गजल ]
_____________________________
.
जाडो छल्नलाई आएका ,चरा जसरी !
गयौ, छोडेर फुललाई, भमरा जसरी !
.
एकै छिनमा आएको, शंकाको कम्पनले !
मेरो जिन्दगी ढलायो, धरहरा जसरी !
.
दियालो बालेर रमाऊने, यो गाउँ हो मेरो !
यहाँ हुदैन झिलमील रात, पोखरा जसरी !
.
हाम्रो दु:खमा ऊनीहरु, उत्सब मनाउछन !
हाँस्छन रमाउछन सधै, परम्परा जसरी !
.
राक्षसी स्वभाव रहेछ, जाँदा थाह भयो !
तिमी आईथ्यौ आउन त, अप्सरा जसरी !
.
©जि. एम. दिपु देपेन्द्र
चौरजहारी न. पा. ११, रुकुम