बलिरहेको दीप

घाइते बनायाै


जिन्दगीमा तिमीले मलाई, घाइते बनायाै
दिलमा बसी अागाे लगाई, घाइते बनायाै

म भाैतारिदै थिएँ, याे मायाको संसारमा
मनको त्यो संसार, जलाई घाइते बनायाै

छेपाराेझैँ रंग फेर्ने, तिम्रो बानी भएपछि
घुण झैँ भित्र भित्रै गलाई, घाइते बनायाै

तिम्रो याैवनदेखि, जिब्रो पड्काउनेलाई
जवानीकाे मातनै पिलाई, घाइते बनायाै

तिम्रो जन्ती मेराे मलामी, कस्तो संयाेग
दुबैथरी तीनै धुन मिलाई, घाइते बनायाै

#बिछोड