Title Category Gajal
गजल अन्य फकाउनको लागि त्यो भन्दा अरू कुनै बहाना छैन आफूलाई मात्रै चलाख नठान हेर लाटो जमाना छैन ।। जीवनलाई अखण्ड कथामा परिणत गर्न सकिन्छ तर जिन्दगीको किताब खोज्दै जाऊ त्यसमा पाना छैन ।। अरे भन्न त भन्थी उसले आफूलाई बिर्सेर माया गर्छु तर उसको मन मुटु भित्र मेरो मायाको खजाना छैन ।। अब म मेरी प्रियालाई बेहुली सिँगारे जस्तै सिँगार्ने छु आजसम्म पनि सिउँदोमा सिन्दुर कानमा झुम्काना छैन ।। कसरी जिन्दगी भर साथ दिन्छु भनौँ मेरी प्यारी तिमीलाई यहाँ आफ्नै आयुको जीवन्त रहने कुनै पनि ठेगाना छैन ।। ✍️ सिद्धराज पाण्डेय अछाम