Title Category Gajal
- र्‍याप अन्य जवानी हुँदा सम्म पर- पर भागिस आफ्नो बनाउन खोज्दा अरुसंग लागिस राम्रोसँग बोल्न थाल्यो कि झन् रिसाउने जब बुढी भईश अहिले घरबार मागिस ।,, स्वीकार दिन तलाई म बुढी गाई भइस सबैको आँखा बाट तल गिरि खेर गइस त संग जवानी नै के छ र, नकचरी मरि चाहियेको छैन अब मलाई उतैजा उतैजा …… राम्रो लाउन खान दिन्छु भन्दा मानिनस माया गर्छु सत्ते खान्छु भनेकैथे तैंले जानिनस देउ- देउता पाथीभरा माई भाके कैथें , त्यो पनि तोडि भागिस मेरो छेउमा नआइजा जहाँ जानू छ जा…… उतैजा उतैजा …… ।,, गधाको खोपडी नदेखा मेरो सामु जाइजा धोका दिने माया मारी रुदै फर्की भागिजा भो भो… भो ! चाहिएको छैन बुढी लास सुख बेचिस दुख दिन न आइजा …… जाइजा भागिजा…भागिजा ! उतैजा उतै उतैजा …… ।,, *** दिनाङ २०७६ जेठ् २१ मंगलबार 0462019.
मीठो बोली अन्य मायालुको मीठो बोली, सुनौ सुनौ लाग्छ पिरथिको गाथाभरी , बुनौ बुनौ लाग्छ । जिन्दगीको कथा व्यथा , पोखुँ पोखुँ सरि मरि जाने चोला हाम्रो , गुनौ गुनौ लाग्छ । बसन्तको सुसेलिमा , उनकै याद आउँदा बगैचाको फुल भरी , चुनौ चुनौ लाग्छ । मायालुको मीठो बोली, कोइलिको भाका ह्रदयको पाना भरी, थुनौ थुनौ लाग्छ । ***
बिकास अन्य बिकासको नाममा बाटो र कर जनता जतासुकै मर भो, बाटो छेउछाउका घर भत्काइए नपर सरकारको भर भो जुन सरकार आए पनि त्रिशुल र कमाण्डलु बोक्ने रहेछ साखा सन्तान नपरेसि हुकुम दिए भत्काउ घर टहरा के को डर भो ।,,
सोध्न मन लाग्यो, मेरि प्यारी ! अन्य ह्रदय भित्रको ढड्कन किन बढी रहन्छ मेरि रानी सम्झनाले पिरोली रहदा पारो चढी रहन्छ मेरि रानी । म त बुझ्नै सकिराको छैन, तिम्रै यादले पो होकि न ? के के निहुँमा परि त्यसै आयु घटी रहन्छ मेरि रानी । भनी देउ न, मेरि रानी यो के भएको हो दिमागमा मायाले संसार खोज्ने दिल खटी रहन्छ मेरि रानी । आखिर अदृश्य भयेर किन पिर्छौ पियारी तिमी ? सपनामा पनि दिनरात मन, पढी रहन्छ मेरि रानी । कैलेकै त तिमी बिना बाँन्च सकिन्न कि जस्तै लाग्छ सम्झनाभित्रको मुटुमा सोला गढी रहन्छ मेरि रानी ।। *** २०७५चैत्र १० आइतबार/ 2019/04/24.
१९. गजल अन्य - जीवन बहाना भो मैले बोलाउदा तिमी रुदै आँसु खोल्दै थियौ हाँस्ने बहानामा सञ्चै छु भनी बोल्दै थियौ । कस्तो बिवशता हो यो जिन्दगीको व्यथा बुझनै नसक्ने आँसुको बीस घोल्दै थियौ । धोकाको कुराले बिझायो कि काँडा मुटुमा रुदै जिन्दगीसंग मन गुनि साट्दै पोल्दै थियौ । साँच्चै आँसुमा डुबि आफुलाई लुकायौ किन ? फेरि कुरा खोल्दै मुटु छामी दम मोल्दै थियौ । *** - डम्बर धिमाल (प्राकृति) उर्लाबारी - ८, दुर्गापुरी- मोरङ ।
१८. एक कविता अन्य -फुल जस्तै छ जीवन जीवन संघर्ष रैछ गर्न सिकौ बाँबारी जस्तै सुवास छर्न सिकौ तिमीले लाखौं चोट सहेर पनि जस्तै काँडा बीच रंग भर्न सिकौ । जीवन ई निश्चल पानी होइन सुखको मात्र जिन्दगानी होइन बाँचुन्जेल प्रतिघात भैं रहन्छ धैर्य सहन्शिल अन्जानी होइन । काँडा बीच फुल्दछ फुल रमाईँ भमराले चुम्द्छ काँडा समाई लुटिएर झर्दछ उसै माझामा काँडा पनि मर्दछ आँसु थमाई । मर्दैन कहिल्यै उ फुली रहन्छ सबको ह्र्दयमा डुली रहन्छ जहाँ मृत्युुको दोसादछ फुलको त्यही उ निर्दोष भै खुली रहन्छ । *** 06/01/016, ०७२ पौष २२ बुधबार । स. डम्बर धिमाल (प्राकृति) दुर्गापुरी: मोरङ ।
१७. गजल अन्य -नौ डाँडा पारी बिहानी भयो नौ डाँडा पारी हिमाल खुल्यो कि ? पारिलो घाम रमाइलो पाखा, बसन्त झुल्यो कि ? हिमाल माथी बिरही भाका बेंस्सरी गाएको बनको चरी कुहुँमा कुहुँ, त्यो रुदै डुल्यो कि ? छुटेको दिल भेटघाट छैन, चखेंवा जोडिको पहाडी सारा चारकोसे झाडी , त्यो बनै रुल्यो कि ? बिहानी भयो चखेवा चरी रुदैमा हजुर ! छुटेको दिल भेटघाट छैन, अन्तै पो फुल्यो कि ? *** - डम्बर धिमाल (प्राकृति ) दुर्गापुरी - मोरङ ।
१६. गजल अन्य -बाध्यता नरुनु आँसु बगाई प्रीय, म आउछु फर्केर बिर्सेको छैन कसम हाम्रो बस्नु है पर्खेर । बाध्यता हाम्रो धनखेती छैन, सरकारी जागीर नमरी जानू नगरी खानु, बिदेश लर्केर । दुई चार पैसा हुन्छ कि भन्दै लागे नि बिदेश सम्झना प्राण सपना सारा, कसम तर्केर । मनको पिडा अति भो , गाढा माया नि हजुर आएको थिएँ रातो सिंदुर , शिरमा छर्केर । पर्खेर बस्नु आउछु नि माया फर्केर हजुर बचन मेरो जादैन खेर आउने छु हर्केर । *** -डम्बर धिमाल (प्राकृति) दुर्गापुरी - मोरङ ।
१५. गजल अन्य ह्रदयको मुहान तिमीले नकुटे पनि दुखाएकै हो ह्रदयको मुहान नयन भरिको आँसु सुकाएकै हो ह्रदयको मुहान । माया गर्छु भनेकै थिए जुनिजुनी तिमीलाई नै दुखायौ यो मेरो मुटु भुलाएकै हो ह्रदयको मुहान । हाँस्न झन् कहाँ सक्छु र, खुशी बाड्न सबैलाई बसहमा छैन यो मन जुधाएकै हो ह्रदयको मुहान । खुशी छैन ह्रदय त्यसैले त बेला रुन्छ जिन्दगी बाँच्नलाई नि पहिले जुटाएकै हो ह्रदयको मुहान । नयन बन्द गरेर भन्न सक्छु प्रीयसी मेरो आधार तिमी थेंउ त्यतिबेला सुसाएकै हो ह्रदयको मुहान । *** -डम्बर धिमाल (प्राकृति) दुर्गापुरी - मोरङ ।
१४. गजल अन्य -फुल हैन रहेछ माया पत्थरलाई माया गरेर गल्ती गरे मैले तिम्रै दिल नजिक सरेर गल्ती गरे मैले । साराले गल्लीका मादल भन्दैथे हजुर तिम्रा प्रेमको सिमा तरेर गल्ती गरे मैले । लाग्छ फोहोर चलाएर दुरगन्ध फैलाए हरपल मायामा मरेर गल्ती गरे मैले । जालहारिको महाजालमा माछि परेझै भाग्नै नसक्ने गरि परेर गल्ती गरे मैले । हो, सयौंको तारिफ अस्विकार गरेपछी प्रेमको अविश्वास धरेर गल्ती गरे मैले । *** - डम्बर धिमाल (प्राकृति) दुर्गापुरी- मोरङ ।
१३. गजल अन्य -मायालुको मीठो बोली मायालुको मीठो बोली, सुनौ सुनौ लाग्छ पिरथिको गाथाभरी , बुनौ बुनौ लाग्छ । जिन्दगीको कथाव्यथा , पोखुँ पोखुँ सरि मरि जाने चोला हाम्रो , गुनौ गुनौ लाग्छ । बसन्तको सुसेलिमा , उनकै याद आउँदा बगैचाको फुल सरी , चुनौ चुनौ लाग्छ । मायालुको मीठो बोली, कोइलिको भाका ह्रदयको पाना भरी, थुनौ थुनौ लाग्छ । जिन्दगीको पानाभरी उन्लाई सजाई राखुं सप्त रंगी फुल अनि, उनौ उनौ लाग्छ । *** - डम्बर धिमाल (प्राकृति) दुर्गापुरी- मोरङ ।
१२/ परदेशबाट अन्य परदेशी ठाउँमा दु:ख हो या सु:ख बाँचेकै छु आमा बिर्सेर अतित कैले काहीँ सम्झेर हाँसेकै छु आमा आमाको माया मर्ने छैन कल्पिन्छु जहिले नयनमा उराठै लाग्दो भूमिमा अञ्जानी साइनो गाँसेकै छु आमा । न मरि जानू नगरी खानु जतिकै भएको छु आमा बिरानो गाउँमा छैन नि कोहि आँसु धोएको छु आमा सम्झेर ल्याउदा भक्कानो फुटी छाती मै गडद्छ ! कहिले होला स्वदेश फर्किने दिन कुर्दै रोएको छु आमा । *** -दुर्गापुरी- मोरङ ।
११/ जीवन संघर्ष हो अन्य प्रतिस्पर्धामा लडिन्छ तर लडे उठ्न हार मानिदैन जिवन संघर्ष हो, हारे पनि कहिल्यै बार मानिदैन एकदिन न एकदिन त अधिकार लिएरै छाड्ने हो परेको अन्यायसित लड्न कुनै पनि भार मानिदैन । *** -दुर्गापुरी: मोरङ ।
१०/यात्री हामी अन्य साथी हामी विश्व हाँक्न यहिबाट थालौ अब अजम्बरी नाता गाँस्दै फेरि मन गालौ अब । सेता मगुराली जम्मा भएर एक हुनु जुटाउनु एक भइ संघीय साथीहरु यहिबाट ढालौ अब । बाँकी के नै छर, खुलेआम देख्छु सडकहरू क्रान्तिकारी तेजवान पाइलाहरु चालौ अब । तेरो र मेरो होईन संघीय स्वायत्त राजबनाऔ पुर्खाको अस्तित्व बोकि दीपशक्ती बालौ अब । अहिलेको राज्य सरकार कम्जोर भै सके छ पर्खेर नबसौ यै मौकामा बन्दुक उचालौ अब । *** - डम्बर धिमाल ( प्राकृति ) दुर्गापुरी - मोरङ ।
९/दुनियाँमा अचेल अन्य तपाई भन्दा मपाई नै धेरै छन् दुनियाँमा अचेल गाउँघरमा भन्दा नि धेरै छन् शहरियामा अचेल साना देखि ठुलैसम्म नेता देखि व्यावसाय सम्म घुसपैठमै अल्झि रने सरकारी निकायमा अचेल । *** - डम्बर धिमाल (प्राकृति ) नपा. उर्लाबारी-८, दुर्गापुरी- मोरङ ।
८/ गजल अन्य नयाँ युग उर्लिनुपर्छ सुकेका, नदि- नाला खोलिहरु उड्नु पर्छ धुवा- धुलो झैं काला डोलिहरु । सृष्टिका पतिङ्गर खोलिसंगै बुलन्दित भइ त्याग र तपस्या बिना केही हुन्न गोलिहरु । नयाँ युग आइसक्यो मित्र हाम्रै काँधमाथी मुटु भित्र मन कति कैद राख्छौ बोलिहरु । नयाँ बिहानीका निम्ति जुट्नै पर्छ आखिर बोक्नै पर्छ समयका, गोलि र झोलिहरु । *** -डम्बर धिमाल (प्राकृति ) दुर्गापुरी - मोरङ ।
७/ किन ? अन्य किन हुन्छ देशमा यस्तो पालैपालो बलात्कार दिनहु जस्तो हुन्छ घटना साह्रैकालो बलात्कार को छ दोषी नारी पुरुषमा कि छन् सरकार नै, साराको मन दुख्ने किन कालैकालो बलात्कार ।। *** - डम्बर धिमाल (प्राकृति ) नपा. उर्लाबारी-८,दुर्गापुरी- मोरङ ।
६/अतिभो कि ! अन्य न्याय मरेको देशमा न्याय खोज्दैछन् जनता सरकार पाइयो न्याय पाइएन भन्दैछन् जनता सरकारले नै रैतीलाई मानसिक पीडा दिएपछि बाटो बाटो न्याय अन्तर्राष्ट्रिय गुहार्दैछ्न जनता । *** डम्बर धिमाल ( प्राकृति ) नपा. उर्लाबारी -८, दिर्गापुरी, मोरङ ।
५/मुक्तक: अन्य आफ्नै मनोमानी राष्ट्रियताको गीत गाउछ राष्ट्रियवादको नाममा आफ्नै हित छाउछ स्वयगान्त र वियोगान्त जलेर बग्दैछ यहाँ अस्तित्वको खेलमा हरपल प्रीत दबाउछ । *** यसपालि फेरि आयो पोल पोलमा ओलि जनताको कर मा झुन्डेर समृद्धिको बोली याद गराइ दियो नाकाबन्दीको पुर्व घटना देशको सिमामा जनतामाथि चलायो गोलि । *** देश सेवक नै किन गर्दैछन भ्रष्टाचार ?? कहाँ हराए मेरो देशको मानवअधिकार रैती बिनाको नेता जंगली पशु समान हुन् गरिब दुखि माथि किन गरे धेरै अत्याचार । *** -डम्बर धिमाल ( राज दोङ्यें, प्राकृति ) नपा. उर्लाबारी - ८, मोरङ दुर्गापुरी ।
४/ गजल माया / प्रेम - चेली तिमी जीवनका पाइलाहरु निरन्तर चाली रहनु तिमी तब सफलता मिल्ने छ मन संगाली रहनु तिमी । जीवनमा धेरै चुनौतीहरु आउनेछन् सामना गर्नु निरास कैल्यै नहुनु हिम्मतले पगाली रहनु तिमी । आत्माविश्वास झन्झन् बढेर पहाड बन्न सकोस् यात्रामा जोस र जाँगरको दिप बाली रहनु तिमी । साहसले नै जिन्दगी जित्न सकिन्छ निश्चय पनि भित्रि मन र बचनले शुभ कार्य थाली रहनु तिमी । संघर्ष नै जीवन हो जो प्राकृतिले सुम्पि देको छ अटुट पाइलाहरु सधै अगाडि फालि रहनु तिमी । *** 26/11/018,२०७५ मंसिर १० सोमबार । ले. डम्बर धिमाल ( राज दोङ्यें, प्राकृति ) नपा- उर्लाबारी - ८ मोरङ दुर्गापुरी ।