Title |
Category |
Gajal |
यो अनौठो यात्रा को टुंगो छैन |
माया / प्रेम |
यो अनौठो यात्रा को टुंगो छैन
झरी पर्यो लाग्न कुनै ओत छैन
मुटु भरी याद को पोको तिम्रो
बिर्सु भने सम्झनाको टुंगो छैन |
विकल्प छैन |
माया / प्रेम |
पछुताउनु बाहेक अरु कुनै विकल्प छैन
तिम्रो याद को हुरी मोड्न सकेको छैन
बिदाइ त गरे केही फरक नपरे जस्तो गरी
प्यालामा प्याला थप्नुको विकल्प छैन |
भो अब प्यार गरिन्न |
माया / प्रेम |
भो अब प्यार गरिन्न
कसै को नि इन्तजार गरिन्न
जितेरै पुग्छु गन्तव्य मा
कहि कतै हार गरिन्न। |
बर्खे मासमा उर्लि अाउने,भेल भाे जिन्दगी |
उदास |
बर्खे मासमा उर्लि अाउने,भेल भाे जिन्दगी।
घुम्दैफिर्दै दु:खै पाउने, खेल भाे जिन्दगी।
ऐस अाराम गर्नेलाई, कति मिठाे सपना छ।
रात र दिन खटिनेलाई, नेल भाे जिन्दगी।
छुच्याई र धूर्त्याईकै, चारैतिर बाेल छ।
सत्मार्गमा हिड्नेलाई, झेल भाे जिन्दगी ।।
सङ्गत असल हुनुपर्छ, बुढापाका भन्थे सधैं।
कमसललाई नअपनाउदा, पेल भाे जिन्दगी।
भुँमरीमा फसाउने छन्, यत्रतत्र र सर्वत्र ।
जिउन काेसिस लाख गरे,फेल भाे जिन्दगी।
- चक्रदेव भट्ट (सृजन) |
हात समाई उनीसँग |
माया / प्रेम |
हात समाई उनीसँग हिड्नुको मजा बेग्लै थियो
लजालु त्यो गुलाबी ओठ चुम्नुको मजा बेग्लै थियो
प्रीत लेख्न नसके नि झरेको फूलले
सजाएर दिलमा उनलाई राख्नुको मजा बेग्लै थियो |
कतै दिल टुटेर गजल बने |
धोका |
कतै दिल टुटेर गजल बने
तिमीले पराइलाई हाथ दिए पछि
कतै दिल मिलेर गजल बने
कतै दिल जलेर गजल बने
तिमीले मलाई धोका दिए पछि
कतै दिल हासेर गजल बने |