पर लैजाउ फूलहरु


पर लैजाउ फूलहरु
छोपि देउ तारा जून
बन्द गर गीतहरु
तिम्रा याद आउने सबै चिजहरु

शहरको भीडमा म एक्लो, हल्लाले छुँदैन
रानीवनको एकान्तमा पनि मन चुप हुँदैन
पहाडमा पनि शान्ति छैन
तिम्रो याद नआउने कुनै ठावैं छैन

संसार देखि भागुला
तिमिबाट सक्दिन्
आतिएर मन उडन् खोज्छ
तर मुक्ति पाउदिन
सपनामा पनि शान्ति छैन
तिम्रो याद नआउने ठाऊनै छैन

पर लैजाउ फूलहरु
छोपि देउ तारा जून
बन्द गर गीतहरु
तिम्रा याद आउने सबै चिजहरु



Sentimental, Oldies