Sunchu timile malai bhulnai (सुन्छु तिमीले मलाई भुल्नै)


तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
भन तिमी बिना यो रात दिन कताऊँ मैले कसरी
सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे
पराईको नजर भरि फूल्नै आँटेकी छौ रे
तिम्रो साथ बिना अब त बाच्दिन होला म त
(सुन्छु पराई सँगै मुटु साटेकी छौ रे )२
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी

बाटो मोडेर गयौ नाता तोडेर गयौ
मलाई एक्लै दुखमा छोडेर गयौ
(अब मनका रहर मार्नु छ
एक्लै जिउने बानी पार्नु छ )२
तिमीले जस्तै चोट दिए नि
चुपचाप स्वीकार्नु छ
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी

सपना जस्तै रहर मेरा बिहानीसँगै टुटेर गए
बलियो मान्थे भाग्य रेखा सिसा जस्तै फुटेर गए
(दुख्छ मुटु पोल्छ छाती
खप्न सक्दिन म राती )२
सधै यस्तै बज्रपात
किन पर्छ मै माथि
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी
सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे
पराईको नजर भरि फूल्नै आँटेकी छौ रे
तिम्रो साथ बिना अब त बाँच्दिन होला म त
(सुन्छु पराई सँगै मुटु साटेकी छौ रे )२
तिम्रो याद आउँछ मलाई सताउँछ
मुटु दुख्छ मेरो बेस्सरी


Shiva Pariyar
pop