सरकार
बिगतकोपलमा जिउनेआधार
फाटेको मन सिलाईदिने सरकार कता छ
सबै कुरा मिलाईदिने सरकार कता छ
जन युद्ध लड्दा लड्दै मरेअरे धेरै जना
सबैलाई अमृत पिलाईदिने सरकार कता छ
छुवाछूतको भुमरीमा परेका छन् लाखौं यहाँ
सबैलाई न्याय दिलाईदिने सरकार कता छ ।।
- बिरही गोकुल बोहरा Bajhang
भुल जानि जानि
Balkrishna Chand
भुल जानि जानि गर्दैन कसैले, त्यो अन्जान मा भइसकेको हुन्छ।
माफि दिन पनि जान्नु पर्छ कसैले, जब ऊ शरणमा गईसकेको हुन्छ।
jindagi
Ra Zi
खेल तासको होस या जिन्दगीको
आफ्नो एक्का तब मात्र देखाउनु जब सामने
बादशाह हुन्छ ।।।।।।।।।।।
mayako
Rupak Shrestha
mero manko maya timlai dekhauna milne vaya
mutu batai jhiki timlai dine thiya upahar
जीवनमा कहिले भुल्नु नहुने कुरा
Santosh Tamang
जीवनमा कहिले पनि दुई चिज भुल्नु हुन्न
आमाको माया र बाबाको संघर्ष।
सन्तोष तामाङ
भोजपुर कुदाक काउले २
किन रुन्छ मान्छे
Ganesh Bista
दुई मुटुकाे बिछाेडकाे पिडामा किन रुन्छ मान्छे
ठुला ठुला रङ्गगिन सपना किन बुन्छ मान्छे
एकलै जन्मियाे एकलै मर्छ अाखिर उ
जीवन साथि अर्कोलाई किन चुन्छ मान्छे
अाश हुन्छ सबलाई यहाँ धेरै जिउन जिवनमा
अाेईलाउछ यकदिन अाखिर किन फुल्छ मानछे
नङग्रा नखियाई पाल्न सकिन पापि पेट फेरि
दिनभर अर्काकाे पछि बेकाम किन डुल्छ मान्छे
माेबाईल सेटले बेगार्याे
Ganesh Bista
लभ पारियाे फेशबुकमा माेबाईल सेटले बिगार्याे
चलाउन मन छ अाईफाेन महङ्गो रेटले बिगार्याे
पढाइ छईन दिनभर अनलाइन र चयाटमा
फेसन बढयाे अाजभाेलि युट्युब र नेटले बिगार्याे
कति मज्जा गुरिमुरि भयर सुत्न त्याे रातमा
हट!पसिनै पसिना अाउने बैसाख जेठले बिगार्याे
लभ पारियाे फेशबुकमा माेबाईल सेटले बिगार्याे
फेसन बढयाे अाजभाेलि युट्युब र नेटले बिगार्याे
जिन्दगी
Padam Bohara Xettri
आखिर जिन्दगी भन्नु नै के छ र
बाँचुन्जेल चिन्ताले सताउँछ??
अनि मरेपछि चिताले जलाउछ
padam bohara xettri
doti girichauka 6 बबिना
माया भित्रको माया
Janak Khadka
बहरमा गजल कोरियो आज,
रहरमा गजल कोरियो आज,
पाखे हो म हो गॅऊको केटो
शहरमा गजल कोरियो आज,
समय बित्यो छिप्पीदो रातको
प्रहरमा गजल कोरियो आज,
खुशि छु म
Ganesh Bista
जितेउ तिमले बाजि खुशि छु म
चढाउछेउ भनेनि फासि खुशि छु म
रमाउदै छेउ अरे तिमि मेराे दुखमा
मनायउ पर्व हासि हासि खुशि छु म
लगाइ अाराेप चलायउ मुद्दा मायाकाे
कैदी झैँ बनायउ दासी खुशि छु म
पायउ रे म भन्दा नि उतम साथि
भाइ भनी बाध्यउ राखि खुशि छु म
१९. गजल
Prakrity Dhimal
- जीवन बहाना भो
मैले बोलाउदा तिमी रुदै आँसु खोल्दै थियौ
हाँस्ने बहानामा सञ्चै छु भनी बोल्दै थियौ ।
कस्तो बिवशता हो यो जिन्दगीको व्यथा
बुझनै नसक्ने आँसुको बीस घोल्दै थियौ ।
धोकाको कुराले बिझायो कि काँडा मुटुमा
रुदै जिन्दगीसंग मन गुनि साट्दै पोल्दै थियौ ।
साँच्चै आँसुमा डुबि आफुलाई लुकायौ किन ?
फेरि कुरा खोल्दै मुटु छामी दम मोल्दै थियौ ।
***
- डम्बर धिमाल (प्राकृति)
उर्लाबारी - ८, दुर्गापुरी- मोरङ ।