गजल .....

Bikesh Darchula

सालै बित्यो युग फेरियो तिम्रो नजर उस्तै देख्छु!! उहीँ स्पर्श दिलमा आगो प्यासी आधार उस्तै देख्छु!

हजार खुसी लाखौ रंग किन्यौ मन चै के गर्यौ नि!!
फेरिएन माया बिक्ने सहर तिम्रो उस्तै देख्छु!!

हिड्ने बाटो फेरिएछ गाेरेटाे थ्यो कि सडक किन्यौ!!
आफू हिड्ने बाटो भने गाउँको डहर उस्तै देख्छु!!

मेरो खुसी झुल्के घाम भो तिम्रो सधै उदाइरह्यो!! पिडा लुकाइ हासी हिड्ने निर्धो सफर उस्तै देख्छु!!

कहिले पो फेरिन्छ र तलाउमा जम्ने पानी!!
सङ्लो प्रीती नअडिने दिलको बगर उस्तै देख्छु!!

#उदास


जिन्दगी

Bikesh Darchula

गजल
चिन्ता नै चिन्ताको विषय आयो जिन्दगीमा!!
सोचेँ उस्ले खुशी कसरी कमायो जिन्दगीमा!!

दिन दहाडै हतियार बोकेर आउछन् म कहाँ!!
यो अत्याचार गर्न कस्ले सिकायो जिन्दगीमा!!

भाग्य खराब भनौँ वा मान्छे दोधार छ यो मन!
यहिँ सोच्दासोच्दै मन कति खायो जिन्दगीमा!

चुनौति दिनेहरुले निशुल्क पठाएका हुन् यहाँ!
अनि त यो ज्यानले पाउँनु दुख पायो जिन्दगीमा!

आँखा अगाडि मुटू बेचिन्छ आँफ्नै यहाँ हेर्नुस!!
यो मुटु बेच्ने ब्यापारी किन बनायो जिन्दगीमा!!

अन्जान ब्याक्तिले यस्तो खबर ल्याएर आयो!!
एकएक शब्दले मन रुवाउनु रुवायो जिन्दगीमा!

नत बद्ला लिएको थिएँ नत खराब बनेको थिएँ!
सधैँ मेरो पछाडि दुष्मन किन धायो जिन्दगीमा!!

बिकेश सिंह बिस्ट
दार्चुला

#उदास


माया

Buddhilal Tamang

साँच्चिकै भन्नू पर्दा उनी मगमगाउदाे फुल जस्तो लाग्छ
नियालेर हेर्दा उनी पुर्णिामाकाे जुन जस्तो लाग्छ
कुनैले मुटु लगे कुनैले फाेक्साे
बाँकि जीवन जुनि जुनि उनलाई नै दिउ जस्तो लाग्छ
बुद्धिलाल ग्याबतेन,ग्यबा,वाईबा तामाङ
दार्खा- धादिङ

#माया / प्रेम


yatra

Łëț Më Ľövě Ýöű

खै कस्लाई के पो भन्नु तनाव म छु हीजोआज
पाईलै पीच्छे उही मान्छे को अभाब म छु हीजोआज
यात्रा बीच भेटीयौ र बस्यौ मन को तखता म
तर पनी भुल्नै पर्ने दबाव म छु हीजोआज

#धोका


यो अनौठो यात्रा को टुंगो छैन

Bhaktaraz Bhatta

यो अनौठो यात्रा को टुंगो छैन
झरी पर्यो लाग्न कुनै ओत छैन
मुटु भरी याद को पोको तिम्रो
बिर्सु भने सम्झनाको टुंगो छैन

#माया / प्रेम



माया को दाम

Sunil Khanal

मईले उन लाई चिन्दै चिन्दिन
उन ले मलाई चिन्छिन अरे
मेरो माया को दाम सोध्दै थिइन
सस्तो पाए किन्छिन अरे....

#अन्य


प्रिय

Janak Khadka

यो जीवनको हर विश्वासमा तिमी छौ
मैले फेर्ने हरेक सासमा तिमी छौ

न अगाडी बढ्न सक्छ न पछाडी हट्छ
जिवन स्वप्न यात्राको आशमा तिमी छौ

मेरो केवल शरिर हो, ड्राइवर त अर्कै छ,
यो शरिरको आत्माभित्र खासमा तिमी छौ

#माया / प्रेम


माया

Buddhilal Tamang

अाउदाे हाे तिम्रो यादहरु
भुलु म कसरी तिमलाई
छल्किन्छ अाँखामा अाँशु
खै कसरी सजाउ खुसिहरु

बाहिरि अाेठकाे मुस्कान
बाहाना मात्र थियाे
हर समय सुख सँग जिउने
त्याे त केवल सपना मात्र थियाे
थाहै छ जिन्दगीको माेडमा अब भेट हुदैन
भेट हुन्छ भनी अाँशा राख्नु त्यो त
केवल मेराे बाहाना मात्र थियाे ।।
बुद्दिलाल ग्याबतेन,ग्यबा,वाईबा तामाङ
दार्खा धादिङ नेपाल

#उदास


प्रेममा धोका

Yam Bahadur Oli

पिरतिले हात दियो पिरतिले साथ दियो।
आज तेई पिरतिले मुटु छियां हुनेगरि चोट दीयो।।

#धोका


तरबार छाडेपछि

Ganesh Bista

शान्ति हुन्छ त्यहाँ सबले तरबार छाडेपछि
महशुस हुन्छ दुख राजाले दरबार छाडेपछि

देश बिदेशका खबर फैलाउछ संसारभर संचारले
कुनै दिन समाचार अाउन पत्रकारले अखबार छाडेपछि

एकतामा बसाै सब दाजुभाई हामी नेपाली अामाका
देशकाे बिकास हुन् फेरि नेताले सरकार छाडेपछि

एकले अर्कोलाई बुझनुपर्छ रामरि सगै बसेपछि
भताभुङ्ग हुन्छ जीवन मानिसले घरबार छाडेपछि

#अन्य


देशमा कानुन हरायाे

Ganesh Bista

हुन्छ एक पछि अर्को बलतकार देशमा कानुन हरायाे
बढदै छ यहाँ दिनहु भष्टाचार देशमा कानुन हरायाे

बसेका छन् हातमाथि हात बानेर कानुन पंसासन
लुटपाट, हिसा अनि काटमार देशमा कानुन हरायाे

नेता देश बनाउने हैन सत्ता हड्पने दाउमा छन
साेझा गरिबमाथि अत्याचार देशमा कानुन हरायाे

चल्दैनन रे हाकिमका कलम दाम नलिई हातमा
जनताकाे अावाज सुन अक्तिहार देशमा कानुन हरायाे

#अन्य



man

Pream Kumar

हनुमान हैन म तिम्रो लागि माया छाती चिरेर देखाउने।

#अन्य


सरकार

बिगतकोपलमा जिउनेआधार

फाटेको मन सिलाईदिने सरकार कता छ
सबै कुरा मिलाईदिने सरकार कता छ

जन युद्ध लड्दा लड्दै मरेअरे धेरै जना
सबैलाई अमृत पिलाईदिने सरकार कता छ

छुवाछूतको भुमरीमा परेका छन् लाखौं यहाँ
सबैलाई न्याय दिलाईदिने सरकार कता छ ।।

- बिरही गोकुल बोहरा Bajhang

#अन्य


भुल जानि जानि

Balkrishna Chand

भुल जानि जानि गर्दैन कसैले, त्यो अन्जान मा भइसकेको हुन्छ।
माफि दिन पनि जान्नु पर्छ कसैले, जब ऊ शरणमा गईसकेको हुन्छ।

#अन्य


साथि

सपना चौधरी

तिमित मेरो सारै मिल्ने साथी हो

#माया / प्रेम


गज़ल

Rashi Rashi

रविन्द्र

#धोका