Prem Singdan Tamang

"जीवन संगिनी"


आँखा भरी उनको तस्बिर,राखेको छु लुकाएर ।
नदी बगोस् आँखाबाट,लाने छैन बगाएर ।

मेरो मनको गुम्बा भित्र,राखेको छु सजाएर।
घाम-पानी,आँध-हुरी,धुलोसँग जोगाएर ।

मेरो हरेक यात्रा हरूमा,पाइला-पाइला साथ दिने।
यिनी परिन् मेरी प्रिया,लड्न खोज्दा हात दिने ।

#माया / प्रेम