Bibek Sah

जीवनको यात्रा


जीवनमा यदि माया नै माया भइदिएको भए,
त्यो विछोडको पीडालाई कस्ले बुझ् थ्यो होला।

जीवनमा यदि खुशी नै खुशी भइदिएको भए,
त्यो आँशुको मोल कस्ले बुझ् थ्यो होला ।

जीवनमा यदि सुख नै सुख भइदिएको भए,
त्यो दुःखको बिपतिलाई को बुझ् थ्यो होला।

यदि जीवनमा सूर्यको तापमात्र भइदिएको भए,
त्यो सितल हावामा को रमाउँन थ्यो होला।

मानिसको जीवन घामछायाको यात्रा हो,
कहिले दुःख कहिले सुख आउँदै रहन्छन्।

लेखक: विबेक साह
ठेगाना:जनकपुरधाम,पुलचोक

#अन्य