S Raj Pc

होस गर


""गजल ""

प्रेम´ मात्र छैन यहाँ घात´ , होस गर,,
डुब्न सक्छ जिन्दगानी एकरात, होस गर ।

कति धन मा गड्छन ति कति यौबन मा,
एउटै हुन्न पिरति को जात, होस गर ।

आफ्नै मान्छे सम्झ्यो; बुइ चढाइदियो,
देखाउन सक्छ उसैले औकात, होस गर ।

मुख मा पो राम राम... बगली मा छुरा ,
चिप्लै हुन्छन् सुन्दा मिठा बात, होस गर ।

भरिनु राम्रो हो; उम्लिनु नराम्रो भन्छन,
सम्हाल्लिन बैश को मात, होस गर ।।

प्रेम" मात्र छैन यहाँ घात´, होस गर ,
डुब्न सक्छ जिन्दगानी एकरात होस गर ।।


_S Raj Pc
south kr

#अन्य