Ganesh Bista

बेग्लै मज्जा छ


खुशि बाडेर दुनियाँलाई रुन बेग्लै मज्जा छ
खुल्ला अाकासमा हेरेर जुन बेग्लै मज्जा छ

दुनिया भुलेर ज्यान दिन्छ मान्छे मायामा
त्यागेर सब हिरा माेति सुन बेग्लै मज्जा छ

नाता नभयनि अमपतमा सहयाेग पराईलाई
अाफ्नै सम्झियर लगाउन गुन बेग्लै मज्जा छ

मन रुन्छ सबकाे पिडामा चाेट लाग्छ मुटुमा बेसरि
बिछाेडका याद दिने साङ्गगिका धुन बेग्लै मज्जा छ

#अन्य