Prakrity Dhimal

१९. गजल


- जीवन बहाना भो

मैले बोलाउदा तिमी रुदै आँसु खोल्दै थियौ
हाँस्ने बहानामा सञ्चै छु भनी बोल्दै थियौ ।

कस्तो बिवशता हो यो जिन्दगीको व्यथा
बुझनै नसक्ने आँसुको बीस घोल्दै थियौ ।

धोकाको कुराले बिझायो कि काँडा मुटुमा
रुदै जिन्दगीसंग मन गुनि साट्दै पोल्दै थियौ ।

साँच्चै आँसुमा डुबि आफुलाई लुकायौ किन ?
फेरि कुरा खोल्दै मुटु छामी दम मोल्दै थियौ ।
***
- डम्बर धिमाल (प्राकृति)
उर्लाबारी - ८, दुर्गापुरी- मोरङ ।

#अन्य