Prakrity Dhimal

१४. गजल


-फुल हैन रहेछ माया

पत्थरलाई माया गरेर गल्ती गरे मैले
तिम्रै दिल नजिक सरेर गल्ती गरे मैले ।

साराले गल्लीका मादल भन्दैथे हजुर
तिम्रा प्रेमको सिमा तरेर गल्ती गरे मैले ।

लाग्छ फोहोर चलाएर दुरगन्ध फैलाए
हरपल मायामा मरेर गल्ती गरे मैले ।

जालहारिको महाजालमा माछि परेझै
भाग्नै नसक्ने गरि परेर गल्ती गरे मैले ।

हो, सयौंको तारिफ अस्विकार गरेपछी
प्रेमको अविश्वास धरेर गल्ती गरे मैले ।
***
- डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी- मोरङ ।

#अन्य