Prakrity Dhimal

८/ गजल


नयाँ युग

उर्लिनुपर्छ सुकेका, नदि- नाला खोलिहरु
उड्नु पर्छ धुवा- धुलो झैं काला डोलिहरु ।

सृष्टिका पतिङ्गर खोलिसंगै बुलन्दित भइ
त्याग र तपस्या बिना केही हुन्न गोलिहरु ।

नयाँ युग आइसक्यो मित्र हाम्रै काँधमाथी
मुटु भित्र मन कति कैद राख्छौ बोलिहरु ।

नयाँ बिहानीका निम्ति जुट्नै पर्छ आखिर
बोक्नै पर्छ समयका, गोलि र झोलिहरु ।
***
-डम्बर धिमाल (प्राकृति )
दुर्गापुरी - मोरङ ।

#अन्य