Prakrity Dhimal

०२/ स्वार्थी हुन्छ मान्छे


-स्वार्थी हुन्छ मान्छे

स्वार्थी छ मान्छे चल्न देउ
ज्वाला भै आगो बल्न देउ

मान्छे होईन पत्थर त्यो
आफ्नै घमण्डले ढल्न देउ

आत्मानै पापी भएपछि
गर्ने के, मैन झै गल्न देउ

रात बिरात खोज्छ स्वार्थ
मर्ने छ आफै जल्न देउ

छेकेर छेकिन्न बारम्बार
ध्रुत छ त्यो बदल्न देउ ।
***
ले. डम्बर धिमाल ( राज दोङ्यें )
नपा. उर्लाबारी -८ मोरङ, नेपाल ।
09/06/014,२०७१ असार २५ बिहिवार ।

#उदास