Bhupendra Shrestha

के पर्छ


भन्नुस् तपाईंको रोजाइमा मन वा धन पर्छ
करोडपति त सधैं इमान्दारको दुश्मन पर्छ

यदि थोरै माग पूरा भएन भने राजनीतिमा
किन सबको पहिलो रोजाइ आन्दोलन पर्छ

कयौं खानी नेपालमै छ भन्छन् भाषणमा
खोज्नु,बोल्नु भन्दा पनि गर्नु उत्खनन पर्छ

त्यति ठूलो काम गरे जस्तो लाग्दैन तै पनि
हरेक चिनारी ओठहरूमा उनकै वर्णन पर्छ

मर्ने इच्छा यसै कारण पलाए जस्तो छ मेरो
आर्यघाटको बाटैमा प्रेमीकाको आगन पर्छ

हरिनास-१ सालडाँडा,स्याङ्जा

#उदास