Prakrity Dhimal

१/गुराँसको फुल झै


- गुराँसको फुल झै

पहाडी डाँडामा आएको जमेर
गुराँस फुल झै छाएको जमेर ।

केसरी चलेको हिमाली बतास
लेकाली फाँटमा धाएको जमेर

वनमै डुलेको न्यौलिको जुहार
दिलैको छात्तिम पाएको जमेर

सकिन्न होला नि, सम्झना बिर्सन
पिरथी भाखामा लाएको जमेर

हिमाली हावामा सुन्दर बगैंचा
दृश्य छ मोहनी गाएको जमेर ।
***
ले.डम्बर धिमाल (राज दोङ्ये, प्राकृति )
नपा. उर्लाबारी -८ दुर्गापुरी, मोरङ ।

#अन्य