राहुल सिंह

पागल बनेँ


आँखाभरि प्रेमिल संसार खोजेर त पागल बनेँ
अँध्यारोमा टेक्ने संघार खोजेर त पागल बनेँ ।१। 

दुनिया यो स्वार्थी हो, भन्ने जान्दा जान्दै मैले
दुनियाकै उपकार खोजेर त पागल बनेँ ।२। 

जता काफल पाक्यो त्यतै चरी नाच्नुपर्छ भन्थे
तर मैले नयाँ विचार खोजेर त पागल बनेँ ।३। 

हो कि कतै सुख दुःख जन्मदैको भागभोग
आफै भाग्य लेख्ने निधार खोजेर त पागल बनेँ ।४।

#अन्य