Spr Regmi

नारी दास हुदैन


तिमिले चाहाँदैमा नारी दास हुँदैन
परिस्थिति पनि सधैँ एकनास हुँदैन

तिमी उचाई मा छौ आज भुईँ देखेनौ
एक दिन तिम्रो शरीर संग सास हुँदैन

माग्नेलाई दिन्छु भनेर स्वार्थ नलुट
नदेखाए सम्म उस्लाई आस हुँदैन

पापको घडा भर्दैजाने भगवान पुकार्ने
लाख कोसिस गर शान्तिको बास हुँदैन।।

#अन्य