Title Category Gajal
जीवनको यात्रा अन्य जीवनमा यदि माया नै माया भइदिएको भए, त्यो विछोडको पीडालाई कस्ले बुझ् थ्यो होला। जीवनमा यदि खुशी नै खुशी भइदिएको भए, त्यो आँशुको मोल कस्ले बुझ् थ्यो होला । जीवनमा यदि सुख नै सुख भइदिएको भए, त्यो दुःखको बिपतिलाई को बुझ् थ्यो होला। यदि जीवनमा सूर्यको तापमात्र भइदिएको भए, त्यो सितल हावामा को रमाउँन थ्यो होला। मानिसको जीवन घामछायाको यात्रा हो, कहिले दुःख कहिले सुख आउँदै रहन्छन्। लेखक: विबेक साह ठेगाना:जनकपुरधाम,पुलचोक
जनताको कुरा बुझ्ने सरकार कता छ अन्य जनताको कुरा बुझ्ने सरकार कता छ, सबै कुरा मिलाईदिने सरकार कता छ। हुन्छ एकपछि अर्को बलत्कार त्यो सम्झने सरकार कता छ, बढ्दै छ यहाँ दिनहुँ भर्ष्टचार त्यो हेर्ने सरकार कता छ। बसेका छन् हातमाथि हात राखेर कानुन प्रशासन ,त्यो हेर्ने सरकार कता छ। हाकिमको कलम चल्दैन रे खल्तीमा पैसा नदिए, त्यो हेर्ने सरकार कता छ। जनता कर बुझाउन का लागि दिनभरि पैसा कमाउँछ, नेता खल्तीमा पैसा राख्नको लागि दिनभरि खुर्सिमा बस्छन्, त्यो हेर्ने सरकार कता छ। लेखक: बिवेक साह ठेगाना:जनकपुरधाम, पुलचोक