Title Category Gajal
यो अनौठो यात्रा को टुंगो छैन माया / प्रेम यो अनौठो यात्रा को टुंगो छैन झरी पर्यो लाग्न कुनै ओत छैन मुटु भरी याद को पोको तिम्रो बिर्सु भने सम्झनाको टुंगो छैन
विकल्प छैन माया / प्रेम पछुताउनु बाहेक अरु कुनै विकल्प छैन तिम्रो याद को हुरी मोड्न सकेको छैन बिदाइ त गरे केही फरक नपरे जस्तो गरी प्यालामा प्याला थप्नुको विकल्प छैन
भो अब प्यार गरिन्न माया / प्रेम भो अब प्यार गरिन्न कसै को नि इन्तजार गरिन्न जितेरै पुग्छु गन्तव्य मा कहि कतै हार गरिन्न।
बर्खे मासमा उर्लि अाउने,भेल भाे जिन्दगी उदास बर्खे मासमा उर्लि अाउने,भेल भाे जिन्दगी। घुम्दैफिर्दै दु:खै पाउने, खेल भाे जिन्दगी। ऐस अाराम गर्नेलाई, कति मिठाे सपना छ। रात र दिन खटिनेलाई, नेल भाे जिन्दगी। छुच्याई र धूर्त्याईकै, चारैतिर बाेल छ। सत्मार्गमा हिड्नेलाई, झेल भाे जिन्दगी ।। सङ्गत असल हुनुपर्छ, बुढापाका भन्थे सधैं। कमसललाई नअपनाउदा, पेल भाे जिन्दगी। भुँमरीमा फसाउने छन्, यत्रतत्र र सर्वत्र । जिउन काेसिस लाख गरे,फेल भाे जिन्दगी। - चक्रदेव भट्ट (सृजन)
हात समाई उनीसँग माया / प्रेम हात समाई उनीसँग हिड्नुको मजा बेग्लै थियो लजालु त्यो गुलाबी ओठ चुम्नुको मजा बेग्लै थियो प्रीत लेख्न नसके नि झरेको फूलले सजाएर दिलमा उनलाई राख्नुको मजा बेग्लै थियो
कतै दिल टुटेर गजल बने धोका कतै दिल टुटेर गजल बने तिमीले पराइलाई हाथ दिए पछि कतै दिल मिलेर गजल बने कतै दिल जलेर गजल बने तिमीले मलाई धोका दिए पछि कतै दिल हासेर गजल बने